बुधबार, १२ वैशाख २०८१

यी गायक जसले हरेक बर्ष यसरी आफै परीक्षण गर्छन् छोरीको कुमारित्व

समयपोष्ट २०७६ कार्तिक २६ गते १३:४२

Advertisement

अमेरिकाका ३९ वर्षीय चर्चित र्‍यापर एवं नायक टिआइले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व (भर्जिनिटी) परीक्षण गर्ने बताएका छन । लेडिज लाइक अस नामक पोडकास्टलाई दिएको एक अन्तर्वार्ताका क्रममा उनले हरेक वर्ष छोरीको जन्मदिनको दिन स्त्रीरोग विशेषज्ञकोमा लगेर कुमारित्व परीक्षण गर्दै आएको बताए ।

साइकल चलाउने, घोडा चढ्ने, कडा व्यायाम गर्ने जस्ता कुनैपनि काम छोरीले नगर्ने हुनाले छोरीको कुमारित्व परीक्षण गरिदिन उनले डाक्टरलाई आग्रह गरे । त्यसपछि डाक्टरले परीक्षण गर्दा उनको योनीको झिल्ली नच्यातिएको पाइयो ।

अहिले यो कुरा निकै असहज लाग्ने भएतापनि छोरीले पछि भविष्यमा आफ्नो जिवनलाई फर्केर हेर्दा आफुलाई धन्यवाद दिनेछिन् भन्ने ती गायकलाई लागेको छ । किनकी आफ्नो बारेमा बुवाले कति धेरै ध्यान दिनुहुन्थ्यो भन्ने कुराको अनुभुति छोरीलाई हुनेछ ।

तर अन्तर्वाताका क्रममा टिआईमाथि कार्यक्रम सञ्चालकले निकै आलोचना गरे । छोरीमाथि अन्याय गरेको र कैदी जस्तो बनाएको आरोप लगाए । साथै अन्य पिताहरुका लागि गलत उदाहरण पेश गरेको समेत भने ।

यो बयानपछि नै र्‍यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री