बिहीबार, ६ वैशाख २०८१

प्राइम बैंकको नाफा १३.३७ प्रतिशतले बढ्यो

समयपोष्ट २०७६ कार्तिक २६ गते १३:०३

Advertisement

प्राइम बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमाशको तुलनामा १३.३७ प्रतिशतले बढेको छ । बैंकले तीन महिनाको अवधिमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा ५८ करोड १९ लाख रुपैयाँ थियो।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ८८ लाख ४३ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.०२ प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब ५९ करोड ४९ लाख ३२ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ अर्ब ४ करोड ७४ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ९.१३ प्रतिशतले वृद्धि गर्दै ७९ अर्ब १३ करोड ७२ लाख १९ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ अर्ब ५१ करोड ८६ लाख १४ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ६८ करोड ६८ लाख ५२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब २० करोड ८५ लाख ७९ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ६ करोड ५ लाख ५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ९७ करोड २ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ २४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ८ पैसा रहेको छ । यस्तै मुल्य आम्दानी अनुपात ९.६२ गुणा, पुँजीकोष अनुपात १२.७५ प्रतिशत, खराब कर्जा शुन्य १.१४ प्रतिशत, आधार ब्याजदर ९.६७ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, सिसिडी रेसियो ७७.८६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ५.१८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री