बिहीबार, १३ वैशाख २०८१

नेपालको भूमि अतिक्रमणको बिरोधमा चीनविरुद्ध चर्कियो आन्दोलन, चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

समयपोष्ट २०७६ कार्तिक २५ गते १९:२४

Advertisement

चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले चीनविरुद्ध आन्दोलन चर्काएका छन् ।

सोमबार युवाहरुले सप्तरीको राजविराज, बर्दियाको गुलरियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा चीनविरुद्ध प्रदर्शन गरे । उनीहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री