शुक्रबार, ७ वैशाख २०८१

घरमै गएर तीन जना मिलेर मारे एउटा कुकुर

समयपोष्ट २०७६ कार्तिक २४ गते ११:५२

Advertisement

प्रहरीले धारिलो हतियार प्रहार गरी कुकुर मार्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–१ का मोहन विश्वकर्माको जर्मन सेफर्डलाई मार्ने इटहरी–५ बस्ने विशाल माझी, मनोज भण्डारी र सुदिप राईलाई पक्राउ गरेको हो ।

उनीहरु तीनै जनाले घरको मूल ढोकामा खुकुरी हानी क्षति पुर्याएको पनि अनुसन्धानका क्रममा खुलेको छ । कतिपयले भने मानिसलाई नै लक्षित गरी गएको तर नभेटेका कारण कुकुर मारेर फर्किएको बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री