शुक्रबार, १४ वैशाख २०८१

रेखाको ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ गीत सार्वजनिक

समयपोष्ट २०७६ कार्तिक २१ गते १२:०४

Advertisement

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’  गीत गाएकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले…’ सार्वजनिक गरेकी छिन् ।

हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको गीतमा प्रेम–प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ । आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन् ।

संगीतकार हरि लम्सालले यो गीतमा भएका प्रेमिल टिपिकल शब्दलाई लोक संगीतसँग नजिक रहेर फ्युजन गर्ने कोसिस गरेको बताए । उनले भने, “मेरा लागि पनि यो नौलो धून हो ।”

गीतकार भूपेन्द्र खड्का भन्छन्, “हामीले सधैं गीतमा नारी सौन्दर्यका कुरालाई बयान गर्थ्यौ, यसपालि नारीका आँखाबाट पुरुषको प्रेम र प्रेम चरित्रबारे गीत लेख्ने कोसिस गरेको छु । यो गीत नयाँ थिमको मात्रै छैन, साँच्चै रोचक पनि छ ।”

गोविन्द राईको कोरियोग्राफी रहेको गीतकाे म्युजिक भिडियोमा मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय छ । नितिन चन्दले निर्देशन गरेको भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री