बिहीबार, १३ वैशाख २०८१

गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बोनस सेयर

समयपोष्ट २०७६ कार्तिक २० गते १३:०८

Advertisement

गुराँस लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई शेयर लाभांश दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको मंगलबार सम्पन्न १५४ औं बैठकले १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्त सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश घोषणा नगरेकोले बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने जनाएको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री