मंगलबार, ४ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्ने

समयपोष्ट २०७६ कार्तिक १७ गते १५:४१

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले एकसय रुपैयाँ अकिंत दरमा १७ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने भएको हो। हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ ।

इन्स्योरेन्सको हकप्रदमा असोज २६ गतेसम्म कायम शेयरधनीहरुले मंसिर २९ गतेसम्म आवेदन गर्न सक्नेछन् । हकप्रदमा आस्वा सदस्यता लिएका सबै बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफट्वेयर र बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलको कार्यालय डिल्लीबजार बाटुलेघर र सिटिजन्स बैंकका देशभरीका सबै शाखाका आवेदन गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री