बुधबार, ७ साउन २०८२

लक्ष्मी बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश

समयपोष्ट २०७६ कार्तिक १७ गते १५:२९

लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार बिहान ९ बजे सम्पन्न बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

यस अनुसार बैंकले हाल कायम पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँको १० प्रतिशत अर्थात ८९ कराेड २० लाख ५० हजार ८६४ रुपैयाँ रूपैयाँ बराबरकाे ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री