शुक्रबार, ७ वैशाख २०८१

डा. भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष

समयपोष्ट २०७६ कार्तिक १७ गते १४:३५

Advertisement

मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुने भएका छन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

मुटुरोग विशेषज्ञ डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटिले सिफारिस समेत गरेको थियो ।

आइतबारकोे मन्त्रिपरिषद्ले बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणबारे समेत छलफल भएको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकमा विभिन्न मेडिकल कलेजहरुले जथाभावी शुल्क लिएको तथा विरोध भइरहकाले त्यसबारे उपयुक्त निर्णय र कारवाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री