बुधबार, ७ साउन २०८२

सनराईज बैंकले दिने भयो बोनस सेयर

समयपोष्ट २०७६ कार्तिक १५ गते १४:२१

सनराईज बैंकले ८१ करोड ५२ लाख भन्दा बढीको बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको लाभांशबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड रहेको सो बैंकको चुक्ता पूँजी ८ अर्व भन्दा बढि रहेको छ । २०६४ साल आश्विन २५ गते स्थापना भएको सो बैंकको हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर, १४३ वटा एटिएम सेवा सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री