आइतबार, ४ साउन २०८२

सुर्या लाइफको हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

समयपोष्ट २०७५ असोज २३ गते १०:०३

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धकसँगैै एनआईसी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । सुर्या लाइफले १०ः ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री