शुक्रबार, १४ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सकाे सीईओमा सुनिल वल्लभ पन्त नियुक्त

समयपोष्ट २०७५ असोज १९ गते १०:५१

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल वल्लभ पन्त नियुक्त भएका छन् ।

Advertisement

कम्पनीले आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा सहमति मागेकोमा समितिले विहीबार सहमति दिएको छ ।

२९ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त सोही कम्पनीमा करिव डेढ वर्ष अघिदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री