सुनचाँदीको मुल्य घट्यो
समयपोष्ट
२०८० असोज १५ गते ११:०६
सुनको मुल्य घटेको छ ।
सोमबार छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आज तेजावी सुन १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया