सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा
समयपोष्ट
२०८० असोज १५ गते १०:५५
यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।
सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पाललाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा बनेको छानबिन समितिले दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया