बुधबार, १२ वैशाख २०८१

“सौताको रिसले श्रीमानको काखमा”…!

समयपोष्ट २०७९ असोज २१ गते १९:२०


दलहरूले राम्रो काम गरेनन्, कांग्रेस धेरै वर्ष सत्तामा बस्यो, शेरवहादुरजी पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे, तर पनी उनको कार्यकालमा जनता र रास्ट्रको हितमा कुनै उल्लेखनिय काम हुन सकेन,जनताका आधारभुत आवश्यकता प्रति त्यो पार्टी र सरकारको ध्यान जानै सकेन। जनता निराश बने,पछिल्लो निर्वाचनको सन्निकट एमाले – माओवादी पार्टीबिच पार्टी एकता हुन पुग्यो,जनतामा तीब्र आशा,विस्वास र भरोसा देखा पर्यो।

Advertisement

निर्वाचनमा नवगठित पार्टीलाइ जनताले झण्डै दुई तिहाई नजिकको सुविधा सहित सत्तामा पुराउने काम गरे। उनीहरु पनि महाभारतको पौराणिक कथामा यदुबम्सिहरु आपसमै लडेर समाप्त भए जसरी यिनीहरुपनि आपसमा लडेरै चार टुक्रामा विभाजित हुन पुगे, यिनिहरुको सारा समय एकले अर्कोलाई गाली गरेरै समाप्त हुन पुग्यो। यहाँ सम्मकी सत्ताको छिना झपटीमा संसद समेत विघटन गर्ने दुस्साहस सम्म गरे, मधेसवाट उदाएका उपेन्द्रजीहरु प्रति पनी जनताको ब्यापक विस्वास वनेको थियो,वहाहरुलाइ सदनमा तेस्रो ठुलो दलकोरुपमा उपस्थिति गराएका थिए।वहाँहरुपनी सत्ता स्वार्थमा लड्दा लड्दै पाँच टुक्रामा विभाजित भई आज अस्तित्व रक्षाकाे अवस्थामा रहनु भएको छ। बाबुरामजीले प्रारम्भ गरेको वैकल्पिक धाराप्रति जुन आकर्षण पैदा भयको थियो त्यस्लेपनी निरन्तरता पाउन सकेन र उत्त्साह पैदा गर्न सकेन।

जसरी बुढो मान्छे प्रौढ अनि जवान त्यसपछि वालक हुने गर्दैन ठिक त्यसरी नै समाज विकासमा पनि समाजवाद, गणतन्त्र, राजतन्त्र हुँदै राणा शासन तिर जान्छ भनेर सोच्नु वा त्यस दिशामा लैजान कोसिस गर्नु मुर्खता मात्र हुनेछ।

यो सबै घटनाक्रमहरुले गर्दा जनतामा पार्टीहरु र तिनको मुलनेतृत्व प्रति ब्यापक घृणा,अविस्वास र निराशा देखापर्यो। यि समग्र घटनाक्रमहरुले जनतामा अब यि पार्टी र नेतृत्त्व काम लाग्दैन भन्ने चेतको विकास हुन पुग्यो, यि पार्टीहरुका कर्म र व्यवहारले गर्दा व्यवस्था प्रतिनै प्रश्न उठिरहेकोछ, संविधान नै ठिक छैन कि! सङ्घियता नै ठिक छैन की! भन्ने प्रश्न उठिरहेको छ। गणतन्त्र नै खराब हि कि! भन्ने शन्शय देखा परेको छ। जनताले २०७९ को स्थानिय निर्वाचनमा सिम्बोलिक रुपमा स्वतन्त्र उमेदवारहरुलाइ मतदान गरेर जनताले दलहरुप्रति अविश्वास प्रकट गरेका छन्।

यहीँ विचमा राप्रपाको केन्द्रिय अधिवेशन सम्पन्न भयो,अधिवेशनले नयाँ नेतृत्व चयन गर्यो। परिणामत राप्रपा दुइ टुक्रामा विभाजित हुन पुग्यो,अधिवेशनसम्म राजतन्त्रको येजेण्डा उठाउदै आएका कमल थापा अधिवेशन पछी गणतन्त्रवादी बन्नपुगे भने राजेन्द्र लिङ्गदेल राजावादी एजेण्डा उठाउन पुगे।यसै विचमा अर्को आश्चर्य कुरा यो हप्ता समाचारमा आयोकी नयाँ नेपालको खाका कोर्ने उद्देश्यका साथ वेलायतवाट नेपाल आयर विवेकशील शाझा पार्टीको नेतृत्व गरेका रविन्द्र मिश्रजी पनी १६ औं सताव्दीको राजतन्त्रको एजेन्डामा उठाउनु भएको छ।

केहि समययता राजनैतिक वृतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दछ भन्ने विचारहरुपनी देखा परेका छ्न, दलहरुको असक्षमता, बेइमानी र सत्ता स्वार्थका कारण जनतामा आक्रोस देखा पर्नु र चेतना पछाडी फर्कनु सामान्य कुरा हो तर कतिपय पढेलेखेका,स्वयम राजतन्त्रको विरुद्धको आन्दोलनमा सहभागी बनेका व्यक्तिहरुले समेत यो विचार राख्नु साच्चिकै आष्चर्यको विषय वन्न गएको छ।

राजनैतिक समाज विकासको नियम यो हो कि लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, राजतन्त्रको विकल्प नै लोकतन्त्र हो भने लोकतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतन्त्र अर्थात समाजवादी लोकतन्त्र नै हो र हुनुपर्छ । विश्वका प्राय सवै मुलुकहरूमा दासयुग पछि सामन्न्तवादी राजतन्त्रामक युगको जन्म भयको थियो। दास व्यवस्था भन्दा सामन्ती राजतन्त्र प्रगतिशील भयको कारण त्यस्को जन्म अपरिहार्य थियो। जव राजतन्त्रामक सामन्ती युगले आफ्नो चरण पुरा गर्यो तत्पष्चात यो व्यवस्था र सामन्ती उत्पादन प्रणाली समाज विकासको निम्ति अवरोध बन्न पुग्यो,अन्ततः त्यस्को अवसान अपरिहार्य बन्न पुग्यो र त्यो युगको समाप्ति हुन पुग्यो।

हामी कहा पनि जहानिया राणा सासनका तुलनामा राजतन्त्र अगाडिको कदम थियो,पछिल्लो चरणमा समाज विकासको निम्ति राजतन्त्र अवरोध बन्यो,परिणाम त्यस्को समाप्ति भयो। ध्यानदिने कुरा यो हो कि समाजको नियम उल्टो दिशामा चल्ने गर्दैन। जसरी बुढो मान्छे प्रौढ अनि जवान त्यसपछि वालक हुने गर्दैन ठिक त्यसरी नै समाज विकासमा पनि समाजवाद, गणतन्त्र, राजतन्त्र हुँदै राणा शासन तिर जान्छ भनेर सोच्नु वा त्यस दिशामा लैजान कोसिस गर्नु मुर्खता मात्र हुनेछ।

समाज विकासको नियम आफ्नो मनोगत लहडले अगाडि बड्ने गर्दैन, त्यो वस्तुगत नियमले अगाडि वढ्ने गर्दछ।अत आज एक्काइसौ सताव्दिमा आएर राजतनत्रात्मक राज्य व्यवस्थालाइ लोकतान्त्रिक र उन्नत प्रजातन्त्रको कल्पना गर्नु इतिहास प्रतिको अज्ञानता वा वेइमानि हो।

दलहरु र तिनको नेतृत्व राम्रो हुन नसकेको कुरा साचो हो, यीनका कर्म र व्यवहारका कारण यीनको विघटन पनि अनिवार्य सर्त हो,यसैको गर्भवाट नयाँ र उन्नत लोकतन्त्र सहितको समाजवादी दिशामा अगाडि वढ्ने नयाँ पार्टीको जन्म गराउनको निम्ति हामी सवैले सुडेनीको काम गरौ, तर सौताको रिसले श्रीमानको काखमा…भन्ने उखान जस्तै दलहरुको रिसले राजतन्त्र वोक्ने काम नगरौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री