शनिबार, ८ वैशाख २०८१

भीम रावलले पाएनन् टिकट, यी हुन् ओलीले चुनेका सुदूरपश्चिमका १५ उम्मेदवार

समयपोष्ट २०७९ असोज २१ गते १८:३७

Advertisement

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम सुनाएको हुन् ।

एमालेले प्रतिनिधिसभातर्फ बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनाएको छ । अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा, २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको छ ।

एमालेले डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेता भीम रावललाई टिकट दिएका छैनन् ।

एमालेले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री