शुक्रबार, ७ वैशाख २०८१

अफगानिस्तानको अर्थतन्त्र ‘नाटकीय रूपमा धराशायी’

एएफपी २०७९ असोज २० गते २०:२२

Advertisement

संयुक्त राष्ट्रसङ्घले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ ।

त्यसो त सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हाल्नुअघि अफगानिस्तानको अर्थतन्त्र निकै सानो आकारको थियो र यसको कूल गार्हस्थ्य उत्पादन करिब २० अर्ब अमेरिकी डलर थियो ।

तर एक वर्षको अवधिमा यसले ‘करिब ५ अर्ब डलर गुमाएको छ,’ एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का निर्देशक कन्नी विग्नाराजाले पत्रकार सम्मेलनमा भन्नुभयो ।

विग्नाराजाले भन्नुभयो, “यो १० वर्षको सञ्चित सम्पत्ति हो, जुन १० महिनामा गुमेको छ । यस प्रकारको नाटकीय पतन हामीले संसारमा कहीँ पनि देखेका छैनौँ ।”

सन् २०२१ को अगष्टदेखि आधारभूत खाद्य वस्तुको मूल्य ३५ प्रतिशतले वृद्धि भए पनि अफगानीले ६० देखि ७० प्रतिशतसम्म खर्च गर्ने गरेका छन् । योमध्ये केहीले आफ्नो आय र घरायसी आयको ८० प्रतिशत पनि खाद्यान्न र इन्धनमा खर्च गर्ने गरेका छन् ।

अहिले ९५ देखि ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उहाँले बताउनुभयो । यो सङ्ख्या एक वर्ष अघि ७० प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री