बिहीबार, १३ वैशाख २०८१

तनहुँको भिमादमा एक विद्यालय, एक कम्प्युटर अभियान

समयपोष्ट २०७९ असोज १९ गते १९:२४

Advertisement

तनहुँको भिमाद नगरपालिकाले एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाभित्र रहेका ४३ विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ । नगरपालिकाभित्र ४३ सामुदायिक तथा १२ संस्थागत विद्यालय सञ्चालनमा रहेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेपछि कम्प्युटर उपलब्ध गराएको हो ।

नरपालिकाका जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाइसमेत हुन थालेको छ । नगरपालिकाका दुई आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण गरिएको छ । सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न जिम्मेवार बनाइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाई वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ । विद्यालय तहदेखि खेल प्रतिभा प्रस्फुटनको वातावतरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदलाई प्रोत्साहन गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री