शनिबार, ८ वैशाख २०८१

आज यी दुई प्रदेशमा पानी पर्ने, बाँकीमा आंशिक बदली

समयपोष्ट २०७९ असोज १७ गते ६:३६

Advertisement

देशको दुईवटा प्रदेशमा आज पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री