शुक्रबार, ७ वैशाख २०८१

इटहरीका पूर्व मेयर तथा एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

समयपोष्ट २०७९ असोज १६ गते ९:१०

Advertisement

इटहरी उप महानगरका पूर्व मेयर तथा एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गरेका छन् ।

एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका चौधरीले आज विहान खुमलटारमा माओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा इटहरी उप–महानगरको उमेदवार हुन नपाएपछि उनी एमालेसँग रुष्ट थिए।

इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण आलोचित हुन परेको थियो।

मेयर भएपछि पार्टीको निती नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो। उनी केहि महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि पराजित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री