बुधबार, १२ वैशाख २०८१

खाने तेलमा ब्रान्डका नाममा उपभोक्तामाथी शोषण

पत्रपत्रिका २०७९ असोज १६ गते ७:४६

Advertisement

बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ ।

सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।

मूल्यमा ठूलो अन्तर

धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपियाँ छ ।

यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुपियाँ, सनफ्लो तेल २९० रुपियाँ र धारा हेल्थ ३३०÷३३५ रुपियाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपियाँमा कारोबार भएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री