शनिबार, ८ वैशाख २०८१

नेपाल चीनबीच भारतको गोवामा हुन लागेको संझौता रोकें : प्रधानमन्त्री

समयपोष्ट २०७३ कार्तिक १३ गते १६:२३

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा हुन लागेको नेपाल चीन संझौता आफुले रोकेको बताएका छन । प्रचण्डले सरकारी निवास बालुवाटारमा शनिबार साँझ पत्रकारहरुसँग छलफलको क्रममा ब्रिक्स र बिमस्कटेक सम्मेलनमा भारतको गोवामा चिनियाँ राष्ट्रपतिले नेपाल चीन  संझौता गरौं भने पनि आफुले रोकेको बताएका हुन ।
 “चिनियाँ राष्ट्रपतिको गोवामा नै चिन र नेपाल बीच सम्झौता गरौँ भन्ने थियो तर मैले यहाँ होइन, कि काठमाडौंमा गरौं कि बेइजिङमा गरौं भने, प्रधानमन्त्री प्रचण्डले भने ।
 नेपालको भौतिक पुर्वाधारहरु निर्माण तथा भुकम्पपछिको पुननिर्माणका काममा नेपाललाई सहयोग गर्ने विषयमा चीनले गोवामा नै संझौता गर्न खोजेको दाहालले बताए । ब्रिक्स र बिमस्कटेक सम्मेलनमा जाँदा दुइ देश भारत र चीनसँगको सम्बन्धमा नयाँ आयम थपिएको भन्दै उनले छिमेकी सँगको सम्बन्धलाई उच्च प्राथमिकतमा राखिएको बताए ।
“गोवासम्म पुग्दा त्रीपक्षिय साझेदारी रणनितिका लागि आधारभुमि तयार भएको छ” उनले भने “ चालिस मिनेटसम्म तिन देशका नेताबीच संयोगले भएको भेटमा एकअर्का सँग करा राख्ने अवसर मिल्यो । त्यसमा नेपालको हितमा छलफल ग¥यौँ ।”
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति धेरै लामो समयपछि नेपाल भ्रमणमा आउन लागेकोले राष्ट्रपति कार्यलय र परराष्ट्र मन्त्रालयबीचको छलफलपछि सार्वजनिक विदा दिने निर्णय गरिएको बताए । “मैले अनलाईनहरु हेर्न पनि फुर्सद पाएको छैन । तर यो विषय त धेरै हट केक भएको रहेछ । नेपालीको नकरात्मक मानसिकता विकास भएकोले दुख लाग्यो ” उनले भने ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री