बुधबार, १२ वैशाख २०८१

यती डेभलपमेन्ट बैंकले ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमायो, छिटै ५० प्रतिशत हकप्रद सेयर दिने

समयपोष्ट २०७३ कार्तिक १२ गते ७:५६

 

Advertisement

काठमाडौँ । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। 

यो गत आर्थिक बर्षको समान अवधिको तुलनामा ४०१ प्रतिशतले धेरै हो। 

बैंकले गत आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। 

गत आवको असोज सम्ममा ३४ करोड रुपैयाँले ऋणात्मक भएको जगेडा कोष समेत यसपाली ११ करोड ५२ लाख रुपैयाँले धनात्मक भएको छ।
 
बैंकले खराव कर्जा समेत पाँच प्रतिशतको सिमामा झार्न सफल भएको छ। गत आवको असोजमा ८.०२ प्रतिशत खराब कर्जालाई चालु आवमा ४.२९ झरेको हो। 
 

बैंकले छिटै ५० प्रतिशत हकप्रद सेयर समेत दिने भएको छ। त्यसका लागि एनसिएम मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार समेत नियुक्त गरि सकेको छ।

बैंकले बिभिन्न २५ शाखा तथा २० एटिएम काउन्टरबाट सेवा दिँदै आएको छ। 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री