बिहीबार, १३ वैशाख २०८१

नेपाल उद्योग परिसंघले प्रवुद्ध समुह (थिंक ट्याङ्क) गठन गर्यो

समयपोष्ट २०७३ कार्तिक १० गते ८:११

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)ले प्रवुद्ध समुह (थिंक ट्याङ्क) गठन गरेको छ।

Advertisement

नेपालको बिभिन्न क्षेत्रका बिद्वानहरुलाई समेटेर परिसंघ थिङ्क ट्याङ्क गठन गरेको हो ।

औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतिलाई  तिब्रता दिन उपयुक्त नीति निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्र बिच विश्वासको वातावरण बढाउन थिङ्क ट्याङ्क गठन  गरिएको परिसंघ जनाएको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्ब स्थायी प्रतिनिधि/राजदूत प्रा.डा. शम्भुराम सिम्खडाको संयोजकत्वमा गठन गरिएको थिङ्क ट्याङ्क समहुमा प्रशासनविद, अर्थविद, योजनाविद, आर्थिक कूटनीतिज्ञ, सुरक्षाविद एवं प्राज्ञिक क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरु रहेका छन्।

समुहको सदस्यमा शंकरप्रसाद कोइराला, उमाकान्त झा, डा. शंकरप्रसाद शर्मा, प्रा. डा. गोविन्द राज पोखरेल, डा. बिन्दु लोहनी, पुरुषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्रा. डा. सुवास केसी, हिमालय थापा, डा. गोविन्दप्रसाद थापा, प्रा.डा. मीना वैद्य मल्ल र डा. विश्व पौडेल रहेका छन्।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मंगलबार एक विशेष समारोहमा थिङ्क ट्याङ्क समुह घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री