शुक्रबार, १६ चैत २०८०

जापानबाट पठाएको पैसा सेवाग्राहीहरुले  सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने

समयपोष्ट २०७३ कार्तिक ७ गते ७:२७

 

Advertisement

काठमाडौं । जापानको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीहरुले  सनराइज बैंकको ६७ वटा शाखा र २ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्ने भएका छन् ।

सनराइज बैंक लिमिटेड र जेएमई रेमिट कम्पनी प्रालिबीच रेमिट्यान्स सम्झौता भएपछि  सेवाग्राहीहरुले सो सुविधा पाउने भएका हुन् ।  

सम्झौतामा सनराइज बैंक लिमिटेडको तर्फबाट नायव महाप्रवन्धक रविन नेपाल र जेएमई रेमिट कम्पनी प्रालिका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री