बुधबार, १२ वैशाख २०८१

प्रधानन्यायाधीशको इजलास सुरु

समयपोष्ट २०७८ कार्तिक १० गते १२:३०

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासमा सुनुवाई सुरु गर्नुभएको छ ।

राणाले आज एकल इजलासमा ५ र संवैधानिक इजलासमा एक मुद्दा तोक्नुभएको छ ।

प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास तोक्नुभएको हो ।

यसैबिच सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठक पनि सुरू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री