शनिबार, ८ वैशाख २०८१

शिखर इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ कार्तिक ९ गते १३:२१

Advertisement

शिखर इन्स्योरेन्स कम्पनी लिले “बीमा दाबी ब्यस्थापन सरलिकरण तथा सहजिकरण” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा बीमा समितिको तर्फबाट उप निर्देशक विरोध भट्टको उपस्थिति थियो ।

सर्भेयरहरुको तर्फबाट अध्यक्ष सूर्य प्रसाद जोशी र शिव चन्द शाखःले दाबी व्यवस्थापन सरलीकरण तथा सहजिकरणको विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडी बढ्नु पर्नेमा बीमा समितिका उप निर्देशक भट्टको जोड थियो । उनले बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो राम्रो हुने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री