शुक्रबार, १६ चैत २०८०

प्रोड्युसरले सारी माथि सारिदिएपछि आत्महत्या गर्ने सोचमा पुगेकी थिईन् उर्फी

समयपोष्ट २०७८ कार्तिक ६ गते १२:११

Advertisement

भारतीय कलाकार उर्फी जावेदले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् ।

​उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उनको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गरेकी छन् ।

उनी स्वतन्त्रताका लागि घरबाट भागेकी थिइन् । उनी एक रुढीवादी सोच राख्ने परिवारमा हुर्किएकी थिइन् । उनलाई आफ्नो इच्छाअनुसार काम गर्ने अनुमति नभएको उनले अन्तरवार्तामा बताएकी छन् । उनले पहिलो दिनको सुटिङपछि अश्लिल दृश्य गर्न बाध्य पारेपछि आत्महत्याको सोच आएको पनि खुलाएकी छन् । उनले अर्को दिनबाट सुटिङमा जान अस्वीकार गरेपछि निर्माताले उनलाई ४० लाख माग्दै जेल पठाउने धम्की दिएको पनि खुलाइन् ।

उनले सिन दिने क्रममा उनलाई प्रोड्युसरले छुने कोसिस गरेको पनि खुलाइन् । उनले आफ्ना सुरुवाती दिनहरुमा निर्माताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको पनि बताइन् ।

उर्फी बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री