मंगलबार, ४ वैशाख २०८१

छोरा भेट्न पहिलो पटक जेल पुगे शाहरुख

समयपोष्ट २०७८ कार्तिक ४ गते १६:४२

Advertisement

छोरा आर्यन खान पक्राउ परेपछि पहिलो पटक शाहरुख खान उनलाई भेट्न आर्थर रोड जेल पुगेका छन् ।

छोरालाई भेट्न र उनको अवस्था बुझ्नका लागि शाहरुख खान बिहिबार बिहान आर्थर रोड जेल पुगेका हुन् ।

जेलमा यसअघि कोरोनका कारण आमने–सामने भेटघाट बन्द थियो ।बुधबार महराष्ट्रको जेलबाट कैदी र उनको परिवारबीच प्रत्यक्ष भेटघाट गर्न नपाउने नियमलाई हटाइयो । यस्तोमा शाहरुखले छोरा आर्यनलाई छिटोभन्दा छिटो भेटे र उनीसँग कुराकानी गरे ।

आर्यन खान पछिल्लो १४ दिनदेखि आर्थर रोड जेलमा बन्द छन् । शाहरुखले भिडियो कलमार्फत् छोरासँग कुराकानी गरिरहेका थिए । बाउ–छोराबीच कुराकानीका बेला बीचमा सीसा राखिएको थियो । दुबैले इन्टरकममार्फत् कुराकानी गरे । कुराकानी १६ देखि १८ मिनेटसम्म चल्यो । यी दुईबीच कुराकानी हुँदा जेलका अधिकारी पनि उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री