शुक्रबार, ७ वैशाख २०८१

आर्यन् खानको जमानत याचिका पुनः खारेज

समयपोष्ट २०७८ कार्तिक ३ गते १५:५४

 

Advertisement

 

आर्यन् खानको जमानत याचिका पुनः खारेज भएको छ ।

मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको हो । आर्यन खानका वकिललले अब उनले उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् ।

मुम्बईको विशेष अदालतमा जमानत याचिका खारेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्नेछन् । अब आर्यनलाई आर्थर रोड जेलमा थप केही दिन बस्नुपर्नेछ ।

२ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री