शनिबार, ८ वैशाख २०८१

माछा मार्न जाँदा सम्पर्कविहीन तीनको सकुसल उद्धार

समयपोष्ट २०७८ कार्तिक ३ गते १४:२६

Advertisement

कैलालीमा माछा मार्न गई सम्पर्कविहीन तीन जनाको सकुसल उद्धार गरिएको छ ।

कर्णाली नदीमा माछा मार्न गएर सम्पर्कविहीन तीन जनाको आज सकुसल उद्धार गरिएको हो ।

सोमबार दिउँसोको समयमा माछा मार्न कर्णाली नदीमा गई सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक डाला मगरलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

जिल्लाको जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा तीनै जनालाई सकुसल फेला पारी उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री