बिहीबार, १३ वैशाख २०८१

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

समयपोष्ट २०७८ कार्तिक ३ गते १२:१४

Advertisement

मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्काेट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । विभिन्न निकायसँग समन्यव गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उहाँको भनाइ रहेको छ ।

सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसँै सकेर राजधानी फर्केका तथा दसँैको अन्तिममा आफन्तजनकोमा आशिर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन् ।

मङ्गलबार बिहानैदेखि सडक अवरूद्ध भए पनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । दसैँका बेला मान्यजनको हातबाट टीका थाप्न हिँडेका बीच बाटोमा नै अलपत्र परेकाले सडक सुचारु गर्ने प्रयास भने जारी रहेको उहाँको भनाइ छ । मध्यपहाडी खुर्काेट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीय गौरव कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री