बिहीबार, १३ वैशाख २०८१

माओवादी स्थायी कमिटी बैठकमा सांगठनिक विषयमा छलफल

समयपोष्ट २०७८ कार्तिक १ गते १२:५२

Advertisement

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकमा प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयमा छलफल भएको छ ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगेको जानकारी दिए । उनले स्थायी कमिटीमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्ष आउने बताए ।

‘आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषय प्रवेश गरेको छ, विषय निष्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ’, महराले जानकारी दिए ।

पार्टीको अर्को बैठक मंगलबार बिहान ८ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री