शुक्रबार, १४ वैशाख २०८१

‘भारतको आर्थिक वृद्धि यो वर्ष दोहोरो अङ्कमा हुनेछ’

समयपोष्ट २०७८ असोज २७ गते १३:३३

Advertisement

भारतका केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले यो वर्ष भारतको आर्थिक वृद्धिदर १० प्रतिशत नजिक हुने दाबी गरेकी छन् ।

उनले भारत विश्वकै सबैभन्दा तीव्र गतिमा बढ्ने अर्थव्यवस्थामध्ये एक हुने बताएकी हुन् । सीतारमण हाल अमेरिकाको भ्रमणमा रहेकी छन् । उनले यो कुरा हार्वर्ड केनेडी स्कुलमा बताएकी हुन् ।

उनको अर्को वर्ष आर्थिक विकास ७.५–८.५ प्रतिशतबीच हुने र अर्को दशकसम्म कायम रहने बताइन् । उनले भनिन्, ‘जहाँसम्म भारतको आर्थिक वृद्धिदरको सवाल छ, हामी यो वर्ष दोहोरो अङ्क नजिक पाउनेछौँ र यो दर विश्वमा सबैभन्दा धेरै हुनेछ । अर्को वर्ष यो विकासको दर निश्चित रूपमा कहीँ न कहीँ आठ प्रतिशतको नजिक रहनेछ ।’

उनले हालसम्म अर्थमन्त्रालयले विकास दरको बारेमा कुनै आधिकारिक अनुमान नलगाएको पनि बताइन् । तर विश्व बैंक, आईएमएफ र रेटिङ एजेन्सी सबैले भारतको यही हिसाबको आर्थिक वृद्धिदर आँकलन गरेको जिकिर गरिन् ।

कोरोना महामारीको असर भारतको अर्थतन्त्रमा पनि परेको छ । देशमा बेरोजगारी पनि बढेको छ । तर, अब देशको अर्थव्यवस्था पुनः ट्रयाकमा आउने आशा गरिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री