शुक्रबार, १६ चैत २०८०

हिमालयन बैंकका सेयरधनीलाई तीन वर्ष यताकै उच्च लाभांश

समयपोष्ट २०७८ असोज २२ गते १३:३८

Advertisement

हिमालयन बैंक लिमिटेडले २६% लाभांश दिने घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको ४१२ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।

संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री