शुक्रबार, १६ चैत २०८०

सामलिङ्ग पावर कम्पनीको साधारण सेयर बाँडफाँट

समयपोष्ट २०७८ असोज २० गते १८:५६

Advertisement

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अति प्रभावितका लागि जारी गरेको साधारण सेयर बाँडफाँट गरेको छ ।

कम्पनीले २०७८ भदौ १८ गते देखि २०७८ असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँड गरेको हो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागिसाधारण सेयर निष्काशन गरेको थियो ।

आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन ।

आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७७८९ योग्य आवेदनहरु परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण शेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुको लागि पनि साधारण शेयर निष्काशन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री