बिहीबार, १३ वैशाख २०८१

रहेनन् ‘रामायण’मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदी

समयपोष्ट २०७८ असोज २० गते १३:१५

Advertisement

‘रामायण’मा रावणको भूमिकामा अभिनय गर्ने कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।

गएराति ८३ वर्षिय त्रिवेदीको हृदयघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेताको मृत्युको पुष्टि गरेका हुन् ।

अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रामानन्द सागरको रामायणमा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री