बिहीबार, १३ वैशाख २०८१

प्रभु मनि ट्रान्सफर र वेस्टर्न मनि ट्रान्सफरबीच कारोबार सम्झौता

समयपोष्ट २०७८ असोज १९ गते २०:१९

Advertisement

नेपालको अग्रणी मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफरले आफ्नो रेमिट कार्य सेवालाई बढाउदै तथा आफ्ना ग्राहकहरुलाई सहज तथा सरल तरिकाले रकम पठाउनको साथसाथै प्राप्त गर्न वेस्टर्न युनियन मनि ट्रान्सफरसंग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा वेस्टर्न युनियन नेटवर्क (आयरल्यान्ड) लिमिटेडका प्रतिनिधि एलेन तथा प्रभु मनि ट्रान्सफरका जिएम सापकोटाले हस्ताक्षर गरेका छन् ।

यस कार्यबाट ग्राहकलाई अझ सहज तरिकाले रकम प्राप्त हुने प्रभु मनि ट्रान्सफरका जनरल म्यानेजर रामेश्वर सापकोटाले जानकारी दिए ।

यसले गर्दा ग्राहकले बिदेशमा वेस्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा बित्तीय सस्था , सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री