शुक्रबार, १६ चैत २०८०

बहुप्रतीक्षित फक्सवागन एसयूभी टाइगुन सार्वजनिक

समयपोष्ट २०७८ असोज १८ गते १०:१६

Advertisement

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन नेपाल प्रा.लि. ले आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ ।

नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत महामहिम डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गर्नुभएको हो । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ ।

फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ । फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्नेछ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने छ भन्ने कुरामा कम्पनीको विश्वास छ । कम मूल्यमा ४० भन्दा बढी सुरक्षात्मक संयन्त्र सहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्ने कुरामा कम्पनी विश्वस्त छ । फक्सवागनले पहिले देखि नै उपलब्ध गराइरहेका यो भन्दा ठूला कार टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज यसमा पनि प्रयोग गरिएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइन सहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागमा भएको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स) सँग पूर्ण रुपमा एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि पूर्ण रुपमा फिट छ । इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ भने ड्युअल टोन ड्यासबोर्डले कारको प्रिमियम अपिललाई अझै बढाएको छ । फक्सवागन टाइगुनले १ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । यसमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइट लगायतका विभिन्न अत्याधुनिक फिचर पाउन सकिन्छ ।

पत्रकार सम्मेलनमा पुजा इन्टरनेसनल नेपाल प्रा.लि. का सीईओ विवेक बिजुक्छेले भन्नु भयो, ‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन् । त्यसैगरी मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् । यी मध्ये धेरै फिचर देख्न नसकिने भएकाले धेरै चर्चामा आएको पाइदैन । तर सुरक्षाको मामिलामा भने यी फिचर निकै नै महत्वपूर्ण छन् । उदाहरणका लागि कुनै अवस्थामा कार अन्य कारसँग वा वस्तुसगँ ठोकिन गएको अवस्थामा मल्टी–कोलिजन ब्रेकले त्यसलाई अनियन्त्रित हुनबाट रोक्छ र यात्रुहरुलाई थप जोखिमबाट बचाउछ । त्यसैगरी अचानक दुर्घटना भएको अवस्थामा मजवुत स्टिलवडी स्ट्रक्चरले चारैतिरबाट यात्रुलाई पर्नेजाने धक्कालाई कम गराउदछ । फक्सवागनमा प्र्रसिद्घ टीएसआई इन्जिन प्रविधि ब्रान्डकै पायोनियरिङ प्रविधि हो । यस इन्जिनको विशेषता भनुनै परम्परागत पुरानो इन्जिन भन्दा कम सी सीबाट नै अत्धाधिक पावर एक्सिलरेसन र माईलेज दिने हो । हलका इन्जिन साइज र थोरै आरपीएम ब्यान्डमा उच्च टर्क प्रदान गर्ने हुदा टाइगुन चलाउदा ग्राहकहरुले फन टु ड्राइभ अनुभव प्राप्त गर्न सक्नुहुन्छ ।’

सीईओ बिजुक्छेले थप स्पष्ट पार्नुभयो, ‘युरोपेली र चाइनिज बजारमा धेरै नै फ्यान भएका फक्सवागनको लोकप्रिय एसयूभी टी–क्रसलाई आधार मानेर नयाँ एसयूभी टाइगुन उत्पादन गरिएको छ । यसमा टी–क्रसमा भएका सवै विशेष फिचर समावेश गरिएका छन् । यो पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टमा कुनै पनि सम्झौता नगरिएको ‘ट्राइड एन्ड टेस्टेड भेइकल’ बनेको छ ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । टाईगुन मेला यो दशैं पर्वलाई लक्षित गरि पुजा इन्टरनेसन नेपाल प्रा.लि ले वान दरवार महल दरवारमार्गमा “Volksfest SURPRISE” आगामी तिहार सम्मका लागि टाईगुन मेला लगाने भएको छ । जसमा ग्राहाकहरुले सजिलै उत्त गाडीको टेष्ट ड्राइभ गर्न सकिने र विभिन्न उपहारहरु जस्तै BMW-G310GS, Suzuki Burgman Scooty / Samsung Z Flips3 जित्न सक्नुहुने छ । इच्छुक ग्राहाक महानुभावहरुले उत्त टाईगुन गाडीको टेस्ट ड्राइभ स्थल बाटै बुकिङ्ग, फाइनानसीङ्ग इनसुरेन्स र एकसेञ्ज सुविधा उपयोग गर्न सकिने अवसर उपलब्ध हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री