शनिबार, ८ वैशाख २०८१

चार करोडको आईपीओ अनुमति माग्दै लघुवित्त

समयपोष्ट २०७८ असोज १७ गते ६:४४

Advertisement

साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ ।

कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।

बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री