शनिबार, ८ वैशाख २०८१

पूर्व-उपप्रधानमन्त्री रायमाझीद्धारा अर्घाखाँचीमा हेलिप्याड र स्वास्थ्य चौकी भवन उद्घाटन

समयपोष्ट २०७७ कार्तिक १५ गते २०:३५

Advertisement

अशोक खनाल
पूर्व-उपप्रधानमन्त्री टाेप बहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा हेलिप्याड र स्वास्थ्य चौकी भवनको समुद्धघाटन गरेका छन् ।

पूर्व-उपप्रधानमन्त्री रायमाझीले जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं .१० धनचाैरमा रहेको उक्त स्वास्थ्य चौकी भवनको शनिबार एक समारोहकाबीच समुद्धघाटन गरेका हुन् । कार्यक्रममा नेता रायमाझीले तीन एम्बुलेन्स समेत हस्तान्तरण गरे । एम्बुलेन्स सांसद विकास काेषबाट खरिद गरिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रियसभा सद्स्य चन्द्र बहादुर खड्का (उज्ज्वल), प्रदेश सांसद रामजी प्रसाद घिमिरे,नेकपाका सक्रिय सदस्य  लिला जिसि,भुमिकास्थान न.पा.का मेयर रेशम थापा, प्र.जि.अ. बिष्णु पौडेल, रामबाण गुलामका मेजर अशोक कुमार क्षेत्री लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री