बिहीबार, १३ वैशाख २०८१

उपत्यकामा १३५७ जनामा कोरोना

समयपोष्ट २०७७ कार्तिक १५ गते १६:३२

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ जना कोरोना पुष्टि भएको छ ।

संक्रमितमा ५६९ महिलार ७८८ पुरुष रहेका छन् ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री