बुधबार, १२ वैशाख २०८१

आज विश्व शहर दिवस, ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ (तस्वीरमा हेर्नुहोस् हाम्रो शहर)

समयपोष्ट २०७७ कार्तिक १५ गते ७:३७

मौसम सफा भएपछि शुक्रबार ललितपुरको सातदोबाटोबाट देखिएको ग्वार्को चोक । तस्वीर : रोशन सापकोटा, रासस

समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

Advertisement

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।

यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिनुभएको छ ।

काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौशम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका सगरमाथा, मनास्लु,गौरीशङकर,ल्होत्से,मकालु,कञ्चनजङघा हिमाल आदी हिमालहरु देख्न सकिन्छ । तस्बिर :रोशन सापकोटा/रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री