बुधबार, ५ वैशाख २०८१

कुकुरसंग टाढै बसेको राम्रो

समयपोष्ट २०७७ कार्तिक १३ गते १२:४९

Advertisement

प्राय मानिसहरु कुकुर पाल्न निकै नै सौखिम हुँने गर्दछन् । घर पालुवा यस्ता जनावर पाल्दा निश्चित दुरी कायम नगर्ने हो भने यसले मानव स्वास्थमा प्रतिकुल असर पाने गर्दछ । कहिलेकाहीँ कुकुरले माया गरेर चाटिदिनसक्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ?

कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।
त्यति मात्र नभई कुकुरले आफ्नो आची छोप्नका लागि कुनाकाप्चा खोज्छ । उसको नाकमा बेस्सरी ब्याक्टेरिया र अन्य कीरा हुन सक्छन् ।

त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा लहरे संक्रमण हुन सक्छ ।

स्टाफाइलोकोकस औरियस नामक अर्को खतरनाक संक्रमण भयो भने अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ । त्यो संक्रमण भएको हात यस्तो हुन्छ ।

त्यसकारण कुकुरलाई चाट्न नदिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री