शुक्रबार, १६ चैत २०८०

कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

समयपोष्ट २०७७ कार्तिक १२ गते १८:२६

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ रोक्ने भएको छ ।

भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री