शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमितको उपचारमा ‘एस्पिरिन’ ले जगायो आशा, ४० प्रतिशत बढी बिरामी निको भए

समयपोष्ट २०७७ कार्तिक १२ गते ८:४७

Advertisement

कोरोना संक्रमित बिरामीको मृत्युदर कम गर्न अनुशन्धानकर्ताहरुले ‘एस्पिरिन’ नामक औषधि सफल भएको तथ्य पत्ता लगाएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनका विशेषज्ञहरुको अध्ययनले अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई मृत्युबाट बचाउन ‘एस्पिरिन’ नामक औषधि सफल भएको तथ्य पत्ता लगाएका हुन ।

अनुशन्धानकर्ताहरुका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई दैनिक कम डोजका दरले एस्पिरिन ट्याब्लेट खुवाउँदा आईसियूमा भर्ना गर्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्थामा ४० प्रतिशत भन्दा बढीले कमी आएको छ । त्यस्तै कारोना संक्रमित विरामीहरुको मृत्युदर पनि झण्डै आधा घटाएको छ ।

सामान्यतया एस्पिरिन चक्की टाउको दुखाई, महिलाहरुको मासिक धर्म, मांसपेशिहरुमा हुने चोट, सर्दी, फ्लु, जोर्नीको समस्याका कारण हुने दुखाई र ज्वरो जस्ता समस्यामा प्रयोग गरिन्छ । हृदयघात काम गर्न तथा रगत पातलो बनाउनका लागि पनि एस्पिरिनको प्रयोग हुँदै आएको छ । रगत जम्ने र चोक्टा चोक्टा भएर रक्त प्रवाहमा हुने अवरोधलाई रोक्न सक्ने एस्पिरिनको क्षमताले नै कोरोना संक्रमित विरामीहरुलाई निको पार्न सकेको विशेषज्ञहरुले बताएका छन ।

किनकी कोरोना संक्रमित विरामीको रगत च्याप च्याप लाग्ने खालको बाक्लो हुँदै जान्छ र धमनीहरुबाट हुने रक्त प्रवाहलाई रोक्छ । कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा चर्चा कमाउन सफल एस्पिरिन नामक औषधि ननस्टेरायडल एन्टी–इनफ्लेमेटरी ड्रग (एनएसएआईडी) श्रेणीमा पर्छ ।

यो बर्गमा पर्ने प्यारासिटामोल र इब्रुफिन जस्ता औषधिहरु बारे भने पर्याप्त अध्ययन हुन सकेको छैन । कोरोना संक्रमितको उपचारमा एनएसएआईडी श्रेणीमा पर्ने ईब्रुफिनको प्रयोग गर्न हानिकारक रहेको कुनै तथ्य फेला नपरेको ब्रिटेनको सरकारी स्वास्थ्य निकाय नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री