बुधबार, १२ वैशाख २०८१

प्राथमिकताका साथ सुख्खा बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउछौँ : मन्त्री भट्ट

समयपोष्ट २०७७ कार्तिक ११ गते २०:२१

Advertisement

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताउनु भएको छ ।

कञ्चनपुरको मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उहाँले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।

वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उहाँले बताउनुभयो । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।

सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री