मंगलबार, ४ वैशाख २०८१

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना पुष्टि

समयपोष्ट २०७७ कार्तिक १० गते १९:३१

Advertisement

पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । यसैगरी सक्रिय संक्रमित ४३ हजार २९३ पुगेको छ ।

हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ ।

हाल ३२ हजार ६०७ जना होम आइसोलेशनमा रहेका छन् भने २८५ जनाको आइसीयू तथा ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री