मंगलबार, ११ वैशाख २०८१

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु

समयपोष्ट २०७७ कार्तिक १० गते ९:४६

Advertisement

कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छिन्

शनिश्चरे–३ मोरङका ६३ वर्षीय पुरुषको गत कार्तिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो ।

धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री