मंगलबार, ४ वैशाख २०८१

घर फर्किए कमल थापा

समयपोष्ट २०७७ कार्तिक ९ गते २०:२०

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्टयान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कनसल्टयान्ट पन्मनोलोजिष्ट डा सुबोध ढकाल, कन्सल्टयान्ट इन्टेन्सिभिष्ट डा प्रमेशसुन्दर श्रेष्ठ, डा विपीन कार्कीलगायतको टोली संलग्न थियो । दश दिनको अस्पताल बसाइपछि डिस्चार्ज हुनुभएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री